Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Fath — Ayah 25

48:25
هُمُ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّوكُمۡ عَنِ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ وَٱلۡهَدۡيَ مَعۡكُوفًا أَن يَبۡلُغَ مَحِلَّهُۥۚ وَلَوۡلَا رِجَالٞ مُّؤۡمِنُونَ وَنِسَآءٞ مُّؤۡمِنَٰتٞ لَّمۡ تَعۡلَمُوهُمۡ أَن تَطَـُٔوهُمۡ فَتُصِيبَكُم مِّنۡهُم مَّعَرَّةُۢ بِغَيۡرِ عِلۡمٖۖ لِّيُدۡخِلَ ٱللَّهُ فِي رَحۡمَتِهِۦ مَن يَشَآءُۚ لَوۡ تَزَيَّلُواْ لَعَذَّبۡنَا ٱلَّذِينَ كَفَرُواْ مِنۡهُمۡ عَذَابًا أَلِيمًا ٢٥
२५) यी ती मानिसहरू नै हुन् जसले इन्कार गरे र तिमीलाई ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोकिदिए र कुर्बानीको निम्ति बाँधिएका जनावरहरूलाई पनि कुर्बानी स्थलसम्म पुग्नबाट रोकिदिए । र यदि यस्ता अनेक मुसलमान पुरुष र अनेक मुसलमान स्त्रीहरू नभएको भए जसलाई तिमी जान्दैनथियौ । कि उनीहरूलाई कुल्चिदिएको भए, उनीहरूको सिलसिलामा अज्ञानतामा तिमीमाथि पनि नोक्सान पुगिहाल्थ्यो, त तिमीलाई युद्धको अनुमति दिइने थियो । तर अनुमति यसकारण दिइएन ताकि अल्लाह जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराइहालोस् । यदि ती ईमानवालाहरू अलग हुन्थे भने उनीहरूमध्ये जसले इन्कार गर्नेथिए उनीहरूलाई हामीले अवश्य दुःखद यातना दिनेथियौं ।