Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Fath — Ayah 29

48:29
مُّحَمَّدٞ رَّسُولُ ٱللَّهِۚ وَٱلَّذِينَ مَعَهُۥٓ أَشِدَّآءُ عَلَى ٱلۡكُفَّارِ رُحَمَآءُ بَيۡنَهُمۡۖ تَرَىٰهُمۡ رُكَّعٗا سُجَّدٗا يَبۡتَغُونَ فَضۡلٗا مِّنَ ٱللَّهِ وَرِضۡوَٰنٗاۖ سِيمَاهُمۡ فِي وُجُوهِهِم مِّنۡ أَثَرِ ٱلسُّجُودِۚ ذَٰلِكَ مَثَلُهُمۡ فِي ٱلتَّوۡرَىٰةِۚ وَمَثَلُهُمۡ فِي ٱلۡإِنجِيلِ كَزَرۡعٍ أَخۡرَجَ شَطۡـَٔهُۥ فَـَٔازَرَهُۥ فَٱسۡتَغۡلَظَ فَٱسۡتَوَىٰ عَلَىٰ سُوقِهِۦ يُعۡجِبُ ٱلزُّرَّاعَ لِيَغِيظَ بِهِمُ ٱلۡكُفَّارَۗ وَعَدَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ مِنۡهُم مَّغۡفِرَةٗ وَأَجۡرًا عَظِيمَۢا ٢٩
२९) मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) अल्लाहका रसूल हुन् र जुन मानिसहरू उनको साथमा छन् काफिरहरूको लागि कठोर छन् र आपसमा दयालु । तिमीले उनीहरूलाई रुकूअ्मा, सजदामा, अल्लाहको उदार अनुग्रह र उसको प्रसन्नताको खोजिमा व्यस्त पाउनेछौ । उनीहरूको अनुहारमाथि सज्दाको चिन्ह छ । तिनीहरूको यही विशेषताहरू तौरैतमा छ र इन्जीलमा पनि त्यस खेती जस्तै उल्लेखित छ, जसले आफ्नो अंकुर निकाल्यो, अनि उसलाई शक्ति पुर्यायो र त्यो मोटो भयो र त्यो आफ्नो तनमाथि (डाँठमा) सीधा खडा भयो र किसानलाई प्रसन्न पारेको छ, ताकि उनीहरूलेगर्दा इन्कार गर्नेहरूको हृदयमा ईष्र्या उत्पन्न गराओस् । यी ईमानवालाहरू र असल कर्म गर्नेहरूसित अल्लाहले क्षमा र ठूलो प्रतिफलको वाचा गरेको छ ।