Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Mujadila — Ayah 8

58:8
أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ نُهُواْ عَنِ ٱلنَّجۡوَىٰ ثُمَّ يَعُودُونَ لِمَا نُهُواْ عَنۡهُ وَيَتَنَٰجَوۡنَ بِٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِ وَمَعۡصِيَتِ ٱلرَّسُولِۖ وَإِذَا جَآءُوكَ حَيَّوۡكَ بِمَا لَمۡ يُحَيِّكَ بِهِ ٱللَّهُ وَيَقُولُونَ فِيٓ أَنفُسِهِمۡ لَوۡلَا يُعَذِّبُنَا ٱللَّهُ بِمَا نَقُولُۚ حَسۡبُهُمۡ جَهَنَّمُ يَصۡلَوۡنَهَاۖ فَبِئۡسَ ٱلۡمَصِيرُ ٨
८) के तिमीले उनीहरूलाई देखेनौ ? जसलाई कानेखुसी गर्नुबाट मनाही गरिएको थियो । तैपनि उनीहरूले त्यो मनाही गरिएको कार्य गर्न थाले र परस्परमा पापको, अत्याचारको र रसूलको अवज्ञाको कानेखुसी गर्दछन् र जब तिम्रो नजिकमा आउँदछन्, त तिमीलाई ती शब्दमा सलाम गर्दछन् । जुन शब्द अल्लाहले तिम्रो अभिवादनको लागि भनेन, र आफ्नो मनमा भन्दछन् कि जे–जति हामीले भन्दछौं, त्यसमा अल्लाहले हामीलाई सजाय किन दिंदैन ? उनीहरूको निम्ति नर्क नै पर्याप्त सजाय हो, जसमा उनीहरू प्रविष्ट हुनेछन् । त्यो त साह्रै नराम्रो ठाउँ हो ।