Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Mumtahanah — Ayah 10

60:10
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا جَآءَكُمُ ٱلۡمُؤۡمِنَٰتُ مُهَٰجِرَٰتٖ فَٱمۡتَحِنُوهُنَّۖ ٱللَّهُ أَعۡلَمُ بِإِيمَٰنِهِنَّۖ فَإِنۡ عَلِمۡتُمُوهُنَّ مُؤۡمِنَٰتٖ فَلَا تَرۡجِعُوهُنَّ إِلَى ٱلۡكُفَّارِۖ لَا هُنَّ حِلّٞ لَّهُمۡ وَلَا هُمۡ يَحِلُّونَ لَهُنَّۖ وَءَاتُوهُم مَّآ أَنفَقُواْۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ أَن تَنكِحُوهُنَّ إِذَآ ءَاتَيۡتُمُوهُنَّ أُجُورَهُنَّۚ وَلَا تُمۡسِكُواْ بِعِصَمِ ٱلۡكَوَافِرِ وَسۡـَٔلُواْ مَآ أَنفَقۡتُمۡ وَلۡيَسۡـَٔلُواْ مَآ أَنفَقُواْۚ ذَٰلِكُمۡ حُكۡمُ ٱللَّهِ يَحۡكُمُ بَيۡنَكُمۡۖ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ ١٠
१०) मोमिनहरू ! जब तिम्रो पासमा मोमिन स्त्रीहरू आप्रवासी भएर आउँछिन् भने उनीहरूलाई तिमीले जाँचीहाल । वास्तवमा उनीहरूको ईमानलाई राम्ररी परीक्षा गर्ने त अल्लाह हो तर यदि उनीहरू तिमीलाई ईमानवाली लाग्दछिन् भने, उनीहरूलाई तिमीले अब कुफ्फारको पासमा फिर्ता नपठाऊ । ती स्त्रीहरू उनीहरूको लागि वैध छैनन्, र न उनीहरू ती स्त्रीहरूको लागि वैध छन् । र जे–जति ती काफिरहरूले खर्च गरेका छन्, त्यो उनीहरूलाई फिर्ता दिइहाल । र ती स्त्रीहरूलाई महर दिएर उनीसित निकाह गर्नुमा तिमीलाई कुनै पाप छैन । र काफिर स्त्रीहरूको सतित्व आफ्नो बैवाहिक अधिकारमा नराख जे–जति तिमीले उनीहरूमाथि खर्च गरेका छौ, तिमीले उनीहरूसित माँगिहाल र जे–जति काफिरहरूले खर्च गरेका छन्, त्यो काफिरहरू माँगिहालुन्, यो अल्लाहको निर्णय हो, जसले तिमीहरूबीच फैसला गर्दछ । अल्लाह सर्वज्ञानी र तत्वदर्शी छ ।