Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah At-Tahrim — Ayah 8

66:8
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ تُوبُوٓاْ إِلَى ٱللَّهِ تَوۡبَةٗ نَّصُوحًا عَسَىٰ رَبُّكُمۡ أَن يُكَفِّرَ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَيُدۡخِلَكُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ يَوۡمَ لَا يُخۡزِي ٱللَّهُ ٱلنَّبِيَّ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥۖ نُورُهُمۡ يَسۡعَىٰ بَيۡنَ أَيۡدِيهِمۡ وَبِأَيۡمَٰنِهِمۡ يَقُولُونَ رَبَّنَآ أَتۡمِمۡ لَنَا نُورَنَا وَٱغۡفِرۡ لَنَآۖ إِنَّكَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ ٨
८) हे मोमिनहरू ! अल्लाहको अगाडि तिमीहरूले सत्य पवित्र हृदयले क्षमा याचना गर, आशा छ कि उसले तिम्रा पापहरू तिमीबाट हटाइदिनेछ र तिमीलाई स्वर्गका बागहरूमा, जसमुनि नहरहरू बगरिराखेका छन्, प्रविष्ट गराउनेछ । त्यसदिन अल्लाहले पैगम्बरलाई र ती मानिसहरूलाई, जसले उनको साथ दिएका छन्, निराश गर्नेछैन, (बरु) उनको चमक उनको अगाडि र दायाँतिर (प्रकाश पार्दै) हिंडिरहेको हुनेछ र उनीहरू अल्लाहसित विन्ती गर्नेछन् कि हे पालनकर्ता ! हाम्रो प्रकाश हाम्रो निम्ति पूरा गर र हामीलाई क्षमा गर । निःसन्देह तिमी, प्रत्येक कुरामाथि सामर्थ्यवान छौ ।