Ahl Al-Hadith Central Society of Nepal

Ayah by Ayah

Tags

Download Links

Ahl Al-Hadith Central Society of Nepal translation for Surah Al-Muzzammil — Ayah 20

73:20
۞ إِنَّ رَبَّكَ يَعۡلَمُ أَنَّكَ تَقُومُ أَدۡنَىٰ مِن ثُلُثَيِ ٱلَّيۡلِ وَنِصۡفَهُۥ وَثُلُثَهُۥ وَطَآئِفَةٞ مِّنَ ٱلَّذِينَ مَعَكَۚ وَٱللَّهُ يُقَدِّرُ ٱلَّيۡلَ وَٱلنَّهَارَۚ عَلِمَ أَن لَّن تُحۡصُوهُ فَتَابَ عَلَيۡكُمۡۖ فَٱقۡرَءُواْ مَا تَيَسَّرَ مِنَ ٱلۡقُرۡءَانِۚ عَلِمَ أَن سَيَكُونُ مِنكُم مَّرۡضَىٰ وَءَاخَرُونَ يَضۡرِبُونَ فِي ٱلۡأَرۡضِ يَبۡتَغُونَ مِن فَضۡلِ ٱللَّهِ وَءَاخَرُونَ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِۖ فَٱقۡرَءُواْ مَا تَيَسَّرَ مِنۡهُۚ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَأَقۡرِضُواْ ٱللَّهَ قَرۡضًا حَسَنٗاۚ وَمَا تُقَدِّمُواْ لِأَنفُسِكُم مِّنۡ خَيۡرٖ تَجِدُوهُ عِندَ ٱللَّهِ هُوَ خَيۡرٗا وَأَعۡظَمَ أَجۡرٗاۚ وَٱسۡتَغۡفِرُواْ ٱللَّهَۖ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمُۢ ٢٠
२०) निःसन्देह तपाईको पालनकर्ताले जान्दछ कि तपाई र तपाईको, साथीहरूको एक समूह लगभग दुई–तिहाई रात, आधी रात र एक–तिहाई रातीसम्म (नमाजको निम्ति) उभिने गर्दछ । रात र दिनको पूरा अनुमान अल्लाहले गर्दछ । उसलाई राम्ररी थाहा छ कि तिमीहरू त्यसलाई सधैं निर्वाह गर्न सक्दैनौ, त उसले तिमीहरूमाथि कृपा गर्यो अतः तिमीहरूको लागि जति कुरआन पढ्नु सजिलो छ उत्तिकै पढ्ने गर । उसलाई थाहा छ कि तिमीमध्ये केही विरामी पनि होलान्, र केही अन्य मानिसहरू अल्लाहको आदर अनुग्रहलाई खोज्दै धरतीमा जीविकाको खोजी गर्नेछन्, र केही अन्य अल्लाहको मार्गमा युद्ध गर्नेछन् । अतः सजिलोसँग त्यस कुरआनबाट जति पढ्न सक्दछौ पढ र नमाज पढ र जकात दिंदै गर, र अल्लाहलाई राम्रो ऋण देऊ, र तिमीले जुन भलाई आफ्नो निम्ति अगाडि बढाउनेछौ त्यसलाई अल्लाहकहाँ अति उत्तम र प्रतिफलको दृष्टिले धेरै बढी पाउनेछौ । अल्लाहसित क्षमायाचना गरिराख । निःसन्देह अल्लाह, अत्यन्त क्षमादाता र अत्यन्त दयावान छ ।